![]() |
डा.महतले न्युयोर्कमा भएको राष्ट्र संघ ७१औ महासभामा भाग लिन आएको चर्चा गर्दै आफूसंग भेटघाट, स्वागत तथा अन्तरक्रिया गर्ने अवसर दिएकोमा जनसम्पर्क समिति भर्जिनिया शाखालाई धन्यवाद दिए ।
अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्ने क्रममा डामहतले नयाँ संबिधानमा सबैलाई चित्त नबुझेको हुन् सक्छ भन्दै निर्वाचन प्रणालीको विषयमा आफूलाई पनि चित्त नबुझेको बताए । उनले लोकतन्त्रलाई संस्थागत गर्न र संविधान बनाउन धेरै बलिदान गरेको उल्लेख गरे ।
अन्तरक्रिया कार्यक्रममा भारत भ्रमण, टीकापुर तथा अन्य नेपालका समसामयिक बिषयमा सहभागीहरुले जिज्ञाशा राखेका थिए ।
परराष्ट्रमन्त्री डामहतले उक्त जिज्ञाशाको उत्तर दिँदै सामाजिक संजालमा भारतको भ्रमणको कुरालाई नकारात्मक रुपमा प्रस्तुत गरेको गुनासो गरे ।
उनले भारतमा आफ्ना कुराहरु प्रष्ट राखेको र नेपालको हित बिपरित हुने कुनै सम्झौता नगरेको दाबी गरे ।
![]() |

0 comments:
Post a Comment