![]() |
गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो ।
सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी डा. विष्णुमाया अहिले अधिकारको क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी छिन् । आफू सानो छँदा दलित भएकै कारण अपमानित हुनु परेको पीडाबाट अघि बढ्ने कसम खाएकी उनले सानै उमेरमा सामाजिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।
डा. विष्णुमाया ठूलो परिवारमा जन्मिएकी हुन् । उनी ११ सन्तान मध्येकी पाँचौ सन्तान हुन् । गरिव परिवार त्यसमाथी ११ सन्तान । जसमा १० दिदी बहिनी र एक भाई थिए । ठूलो परिवार भए पनि उनले परिवारबाट न्यानो माया मात्र पाईनन्, जीवनमा अघि बढ्ने र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने प्रेरणा पाईरहिन्, आफ्नो बुबाबाट ।
नेपाल अहिले कानुनी रुपमा छुवाछुत मुक्त राष्ट्र हो । तर पनि व्यवहारिक रुपमा यो कुप्रथा अझै कायम छ ।
विष्णुमायाले जव समाज बुझ्दै थिइन्, अर्थात ९÷१० वर्षकी भएकी थिइन् तव उनी दलित भएकै कारण साथीहरुबाट हेपिनु प¥यो । जुन कुरा उनले बुबा आमालाई सोध्ने गर्थिन् । त्यतिबेला बुवाको जवाफ आउने गथ्र्यो– ‘छोरी यो पहिलेदेखि चलिआएको चलन हो, यो पुरानो सिस्टम हो, तिमी पढेर ठूलो भएर यसको विरुद्धमा लड्नु पर्छ ।’ बुवाको यो भनाईपछि भित्री मनै देखि यो सामाजिक कुप्रथाको विरुद्ध लड्ने कसम खाएकी विष्णुमायाले निकै मेहन गरेर अध्ययन गर्न थालिन् । उनी निकै जेहेन्दार थिइन् । विद्यालयमा कहिले पनि दोस्रो हुन नजानेकी उनी सधै प्रथम हुन्थिन् । कक्षा तीन पढ्दै गर्दा उनलाई मामा घर लगियो, त्यतिबेला उनको पढाई छुट्यो । तर केहि पछि पुनः उनी घरमा आईन् र आफ्नो पढाईलाई निरन्तरता दिइन् ।
कक्षा सातसम्म घर नजिकैको ताक्लुङ स्कुलमा अध्ययन गरेकी विष्णुमायाले धेरै अभाव झेल्नु प¥यो । त्यतिबेला परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । बुवा आमाले ठूलो संघर्ष गरेर विष्णुमायालाई पढाउनु भयो । उनले कक्षा सातमा स्कूल टप गरेकी थिइन् । जसका कारण जेहेन्दार विद्यार्थीले पाउने छात्रवृत्ति पाएकी थिइन् । माध्यमिक शिक्षाका लागि उनी मनकामना माध्यमिक विद्यालयमा भर्ना भईन्, जुन विद्यालय जान दैनिक ४ घण्टाको पैदल हिड्नु पथ्र्यो । त्यहिं विद्यालयबाट उनले प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरिन् ।
मनकामनामा पढ्नु विष्णुका लागि निकै फलदायी बन्यो । त्यहाँ जोन बु्रकमान भन्ने एक जना स्वयम् सेवक थिए । जो पिसकोरबाट पढाउन आएका थिए । उनै ब्रुकमानले विष्णुलाई काठमाडौं पढ्न जानका लागि छात्रवृत्ति मिलाई दिएका थिए । यद्यपी उनको अमरज्योति जनता मावि लुईटेलमा पनि नाम निस्किएको थियो । जुन विद्यालय निकै चर्चित पनि थियो । तर उनले त्यहाँ पढ्न सकिनन् । आर्थिक अवस्था कमजोर भएको र घरबाट निकै टाढा भएका कारण कोठा भाडामा लिएर बस्न सक्ने अवस्था थिएन । विष्णुमाया भन्छिन्– ‘लुइटेल स्कुलमा नाम निस्किए पनि त्यहाँ पढ्न जान सक्ने आर्थिक अवस्था नभएपछि मनकामनामा भर्ना भएँ, त्यहाँबाट नै मेरो भाग्य खुलेको हो ।’
छात्रबृत्तिको आशामा काठमाडौं पढ्न गएकी विष्णुमायालाई अमेरिकाबाट रकम गएन । विष्णुमायाका लागि जोन बु्रकमानले अमेरिकाबाट पठाइदिएको रकम अर्कैले कुम्लाईदियो । उनी भन्छिन्– ‘त्यसपछि म रेष्टुरेण्टमा काम गर्न बाध्य भएँ । जतिबेला म १५÷१६ वर्षकी थिएँ । रेष्टुरेन्टमा मात्र होइन गार्मेन्टमा पनि काम गरेँ । त्यसैगरी मैले मेरो पढाई खर्च जुटाएँ । एक दिन मैले जोन बु्रकमानलाई सम्पर्क गरेँ । उहाँको नम्बर फोटोमा थियो । मैले भ्वाईस म्यासेज गरेँ । पछि उहाँले कलव्याक गर्नु भयो । पछि उहाँले अर्को अमेरिकन सँग पैसा पठाईदिनु भयो । जसको नाम प्यामरस थियो । उहाँलाई भेट्नु मेरो जिवनको टर्निङ प्वाइन्ट हो । उहाँ काठमाडौं मै हुनुहुन्थ्यो, जो युनिभर्सिटी अफ कलेज प्रोजेक्टको डाइरेन्टर हुनुहुन्थ्यो । उहाँले छात्रवृत्ति पनि दिनु भयो र काम पनि दिनुभयो, रिसोर्स असिस्टेन्टको ।’
युनिभर्सिटी अफ कलेज प्रोजेक्टमा काम गर्दै गर्दा विष्णुमायाको एकजना अमेरिकनसँग मित्रता भयो, जो त्यहि कलेजमा अध्ययनरत थिए । उनै साथीकी आमा इभा कासेल विष्णुमायाका लागि भगवान बनेर आईन । जसलाई विष्णुमायाले गड मदरको रुपमा लिने गरेकी छिन् । छोरालाई भेट्न आएका बेला विष्णुमायालाई निकै मन पराएकी इभाले उनलाई अध्ययनका लागि अमेरिका ल्याइन् ।
१९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले एक सेमेस्टर अंग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सीलेन्ट पोलिटिकल साईन्स अवार्ड जित्न सफल भइन् । त्यतिमात्र होइन कलेज दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिं पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याच्लरर्स डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ।
-
![]() |

0 comments:
Post a Comment