mgid

Loading...

adestra

सीमा नाकामा नेपाल आउने मालवाहक गाडीलाई भारतीय प्रहरीको अवरोध :: Read News

सुनौली नाका हुँदै मुलुक प्रवेश गर्ने औद्योगिक र व्यापारिक मालवाहक गाडीलाई भारतीय जनपद प्रहरीले अवरोध पुर्‍याउन थालेका छन्।

सिमानादेखि करिब १५ किलोमिटर पर सडकमा तैनाथ भारतीय प्रहरीले नेपाल आउने गाडीलाई सहज रूपमा आउन नदिएर रोक्दै लाइनमा लगाउन थालेका हुन्।

मालवाहक गाडीलाई १५ किमि दूरी पार गर्न ५ दिनसम्म लाग्न थालेको छ। केही दिनअघि सीमावर्ती नेपालको बेलहियामा आयोजित दुई देशका सीमावर्ती उच्च सुरक्षा अधिकारीसहितको बैठकमा नेपाली पक्षले यस बारेमा कुरा राख्दा भारत महाराजगन्ज जिल्लाका जिल्लाधिकारी डीएम बिरेनकुमार सिंहले यो समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए। तर, समस्या समाधान हुन सकेको छैन।

चालकले भारतीय प्रहरीलाई पैसा दिएमा गाडी चाँडो आउँछ नत्र एक सातासम्म पालो पाउँदैन, भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका पूर्वअध्यक्ष तथा थैव क्लियरिङ एजेन्टका सञ्चालक प्राचिन थैवले भने, गाडीवालाले ५ सयदेखि १ हजार भारुका दरले पैसा दिँदै आउनुपर्ने बाध्यता छ।

भारतीय प्रहरीले फलफूल, तरकारीजस्ता चाँडै सडेर नष्ट हुने सामानका गाडीलाई भने रोक्ने गरेका छैनन्। सुनौली हुँदै नेपाल आउने मालवाहक गाडीलाई भारतीय पुलिसले यस्तै अवरोध भारतको नाकाबन्दी र नेपालको मधेस आन्दोलनको बेलामा गरेका थिए। त्यसबेला दैनिक १ सय गाडी मात्र नेपाल आउने कोटा छुट्याएर उनीहरूले पैसा असुलेको व्यवसायीको आरोप छ।

नेपाल र सीमावर्ती भारतीय व्यापारी र भारत–नेपाल मैत्री समाजले यसको विरोध गर्न थालेपछि सुधार आएको थियो। भैरहवा भन्सार कार्यालयका अनुसार अन्य दिन सहज भएको बेलामा दैनिक साढे ४ सयसम्म मालवाहक गाडी आउने गरेकामा यो अवरोधले दैनिक मुस्किलले साढे २ सयसम्म आउने गरेको छ। कान्तिपुरबाट -
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly