mgid

Loading...

adestra

चिनतर्फको नाका खुलाएर सुधार गर्न चाहने सिडिओलाई प्रचण्डले दिए ”सरुवा”को उपहार



चिनतर्फको नाका खुलाएर सुधार गर्न चाहने सिडिओलाई प्रचण्डले दिए ”सरुवा”को उपहार
सिडियोको सरुवालाई लिएर स्थनाीयदेखि कर्मचारीसम्म प्रचण्ड सरकारसंग रुष्ट र दु:खी बनेका छन्




गतबर्ष नाकाबन्दीको बेला उत्तरतर्फका नाका खुलाउन सरकारले पहल थाल्दै गर्दा महिनै पिच्छे प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी कोरला पुग्थे । १ सय १२ किमी माथि जहाँ हिउंदभरी हिउ पर्थ्यो । तर, उनी त्यसको पर्वाह गर्दैनथे । पुग्ने छाडेनन् । यसरी नेपाल–चीन सिमाना पुगेर कोरलाको अबस्थाका बारे गृह मन्त्रालयमा जानकारी पठाउँथे । कच्ची सडकका कारण नाका पुग्न निकै हैरान छ । तर, तन्नेरी सिडिओ अधिकारी नाका खुलाउनका लागि सरकारलाई आवस्यक बस्तुस्थिति जानकारी दिन्थे ।
देशकै सबैभन्दा खराव यातायातमा सिण्डिकेट मुस्ताङमा थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसाबाट कुनै पनि निजी सवारी जोमसोम लान पाइदैथ्यो । यिनै सिडियो हुन् जस्ले सबै जोखिम मोलेर ५ महिना अघि बैशाखमा सिण्डिकेट तोडिदिए । अहिले, निर्बाध रुपमा सबै प्रकारका सवारी बेनी जोमसोम सडकमा चल्ने गर्छन् ।
यहाँ मुखिया प्रथा अझै उस्तै छ । यो प्रथाले राज्यकै कानुन तोडेर गैरकानुनी ढंगबाट कर संकलन गर्छ । यसलाई नियन्त्रण गर्न यसै बर्षदेखि प्रजिअ अधिकारीले निकै मिहिनेत गरेका थिए । सरकारले तोकेका निकाय बाहेक कसैले पनि कर संकलन गर्न नपाउने प्रणालीको शुरुवात यिनै अधिकारीले गरे । तर, अहिले यिनै जोसिला सिडिओ राजनीति पूर्वाग्रहका कारण बर्षदिन नपुग्दै अचानक सरुवा भएका छन् । उनलाई सरुवा गर्न यहाँकै साँसद तथा अहिले बाणिज्य मन्त्री बनेका रोमी गौचन थकालीको भूमिका रहेको स्रोतले जनाएको छ ।
गणेश अधिकारीको सरुवालाई लिएर स्थनाीयदेखि कर्मचारीसम्म रुष्ट र दु:खी बनेका छन् । यहांका समाजसेवीहरु अहिलेसम्मकै सृजनात्मक सिडिओ भएको दाबी गर्छन् । ‘सिडियो अधिकारीको सरुवाले मुस्ताङबासीलाई मात्र होइन, नाका खुलाउनु पर्छ भन्नेहरुलाई ठुलो चोट पुगेको छ, यहाँका पुराना राजनीतिकर्मी तथा समाजसेवी प्रेमप्रसाद तुलाचन भन्छन्, ‘यो सरुवाले बिकास गर्ने कर्मचारीलाई हतोत्साहित पारेको छ’ सिडिओ सा’ब निकै बिकास प्रेमी हुनुहुन्थ्यो, पुस माघको हिउँमा पनि कोरला पुग्नुभो, उनको नाका खुलाउने प्रयास र यातायातमा सिण्डिकेट तोड्ने काम निकै अनुकरणीय रहेको उनले बताए ।
उनले आफ्नो ५७ बर्षको उमेरमा कति सिडिओ आए गए तर यतिका उर्जावान कर्मचारी नभेटेको उनले दाबी गरे । उनको सरुवाले मुस्ताङबासीलाई दुखी बनाएको छ, सरकारले बिकास गर्ने कर्मचारीलाई निरुत्साहित बनाएको तुलाचनको गुनासो छ ।
कर्मचारी वर्गमा पनि अधिकारीको भुमिका सन्तुलित रहेको बताइन्छ । सिडिओको रुपमा अधिकारीको भुमिका कहिल्यै राजनीति आग्रह पूर्वाग्रह नरहेको कर्मचारी युनियन निकट शिक्षा अधिकारी केशरीरमण न्यौपानेले प्रष्ट्याए । कर्मचारीसंगको ब्यवहारमा उनले संघ/संगठन भनेर भेदभाव नरेको बताए । कामको मुल्यांकनकै आधारमा अधिकारीले व्यवहार गर्ने गरेको र इमान्दार कर्मचारीलाई प्रोत्साहित गरेको उनले सुनाए ।
लमजुङ घर भएका अधिकारीले सुन्दरबजारको शान्ति माबि कुन्साबाट ०४४ सालमा एसएलसी पास गरेका थिए । प्रधानमन्त्रीको कार्यालयबाट गृहमन्त्रालयमा ५ बर्ष बिताएका उनी गतबर्ष कात्तिकमा पहिलो पटक मुस्ताङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवार पाए । त्यो बेला देशमा चरम नाकाबन्दी थियो । सिडिओ अधिकारीले संसदको बिकास समितिका अध्यक्ष रबिन्द्र अधिकारीसहितको टोलीलाई गत मंसिरमा कोरला पुर्याउन र नाका खुलाउने बिषयमा निकै जोड दिएका थिए । त्यसपछि पनि उनी महिनैपिच्छे नाका पुग्ने गर्थे । बर्ष दिन नपुग्दै अधिकारीको सरुवा हुनुलाई सामाजिक र राजनीति बृत्तका ब्यक्तिहरुले पूर्वाग्रह साँधिएको रुपमा लिएका छन् ।
कान्तिपुरबाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly