mgid

Loading...

adestra

भारतको गालामा राष्ट्रसंघले हान्यो दह्रो झापड

केहि दिन देखि भारतीय मिडियाले भारत पाकिस्तान सिमा क्षेत्रमा ‘सर्जिकल स्ट्राईक’को धुँवाधाररुपमा प्रचार प्रसार गरेको देखिन्छ । मिडियामा आएजस्तो भारतले गरेको यस्तो दाबीलाई भने संयुक्त राष्ट्र संघले भने ठाडै अस्विकार गरेको देखियो । संयुक्त राष्ट्र संघले सन १९७१ देखि भारत पाकिस्तान विवादित नियन्त्रण रेखामा निगरानी दल राखेको छ । उक्त निगरानी दलले आज सम्म नियन्त्रण रेखामा कुनै पनि गोलीबारी भएको देखेको छैन भनेर संयुक्त राष्ट्र संघका महासचिव बान की मूनका प्रवक्ता स्टीफ़ान दुजारिकले भनेका छन । उता पाकिस्तानले भारतको एकतर्फी कारबाहीले आफ्ना दुईजना सेनाको जवान मरेको पुस्टि गरेको छ । मोदी सरकारले संयुक्त राष्ट्र संघमा सर्जिकल स्ट्राईकको बारेमा औचित्य र कारण पुस्टि गर्न सकेन भने सारा संसार सामु भारतको ईज्जत र मान प्रतिष्ठामा पक्कै पनि कालो दाग लाग्नेछ भने पाकिस्तानी सेना भारतीय कारबाहीको बिषयमा मौन साध्नुको अर्थ अहिले आएर खुल्दैछ । आतंकबादको बिल्ला भिराएर एक तर्फी हमला गर्दैमा आफ्ना देशका नागरिकहरुलाई मिडिया मार्फत प्रचार गराएर मोदी सरकारले केहि समयको लागी बेवकुफ त बनाउन सकिएला तर अहिलेको समयमा संयुक्त राष्ट्र संघदेखि सारा दुनियालाई सरकार तथा मिडियाले बेवकुफ ठान्नु गलत हो । -
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly