![]() |
सिन्डिकेटको बलमा सडकमा मनपरी गरिरहेका यातायात व्यवसायीले दसैँको समयमा यात्रुलाई दुःख दिने नियतले टिकट बुकिङ बन्द गरेपछि सरकारले यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ।
यातायात क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले उपत्यकाबाट बाहिरिने ८ लाख बढी यात्रुले टिकट काट्न बाँकी रहँदै टिकट बन्द गरेका थिए।
व्यवसायीले ुबार्गेनिङु गर्न नियमितबाहेक चाडबाडका समयमा सवारी नथप्ने र भएका सवारीलाई समेत ग्यारेजमा थन्क्याउने गरेपछि सरकार आक्रामक भएको हो। दसैंमा घर जाने यात्रुलाई दुःख दिन व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु कोच्न पाउनुपर्ने, बढी भाडा लिन पाउनुपर्ने, सरकारले इन्धन उपलब्ध गराउनुपर्नेलगायत नाजायज माग तेर्स्याएका थिए।
दुर्घटना न्यूनीकरणका लागि र यात्रुको सहजताका लागि सरकारले सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाएको छ। दसैंको समयमा अतिरिक्त बस सञ्चालन नगर्दा सरकारलाई यो व्यवस्था हटाउन दबाब पर्छु भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खुले पनि नियमितबाहेक बस थपेका थिएनन्।
तर, व्यवसायीको नियत बुझ्दै सरकारले दसैंलगायत पर्वका समयमा सरकारी कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी र विद्यालयका बस सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले यात्रुको सहजताका लागि वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो। नागरिक दैनिकबाट
![]() |

0 comments:
Post a Comment