![]() |
काठमाडौं, १४ असोज । टेलिभिजन पर्दामा एक पात्र सँधै उदाउँथे । ती हुन् प्रेम बानियाँ । राष्ट्रवादको खोक्रो शब्दहरुको जालमा उनी भन्थे ‘जय स्वाभिमान’ । टेलिभिजनको स्क्रिनबाट ठूलो स्वरमा स्वाभिमानी नारा वाचन गरिदिएपछि कतिपयले बानियाँलाई ‘भयंकर’ राष्ट्रवादी मानिँदै आएको थियो । तर, त्यही राष्ट्रवादको नारा बेचेर प्रेम बानियाँ संयुक्त राज्य अमेरिका हानिएपछि उनको राष्ट्रवाद उदाङ्गिएको छ ।
सामाजिक सञ्जालमा प्रेम बानियाँले उठाएको कदम सकारात्मक भन्नेहरुको जमात पनि छ । अर्को तिर उनलाई खाक्रो राष्ट्रवादी मान्नेहरु त थिए नै । तर, एउटा सत्य हो की राष्ट्रवादको खोक्रो नाराले स्थापीत बनेका प्रेम बानियाँ गुजारा चलाउँनकै लागि अमेरिका जानु पर्ने अवस्था भने पक्कै छैन । किन भने काठमाडौंका सडकहरुमा मकै पोल्ने आमाहरुले आफू मात्रै होइन लालाबालाको जीन्दगी पालेका छन् । एउटा चर्चित टेलिभिजन पत्रकार अमेरिका भासिनुमा कतिपयले राष्ट्र, राजनेता वा देशलाई दोष दिँदै आएका छन् । तर, मान्छेको भविष्य उसको नीजि कारणहरुमा निर्भर हुन्छ भन्ने तथ्यलाई कसैले भुल्नु हुँदैन । ठीक यस्तै प्रेम बानियाँका केही केही नीजि कारणहरु छन् । जसले उनलाई यो देश देखि विरक्त लाग्यो ।
दलित युवाको टाउकोमा पिसाब
केही वर्ष अघि सिन्धुपाल्चोकमा पत्रकार महासंघको कार्यक्रम थियो । कार्यक्रममा प्रेस युनियन नेपालका नेता पोषण केसी पनि सहभागी थिए । त्यतिबेला सिन्धुपाल्चोक कुल्चोकै स्थानीय भएका कारण प्रेम बानियाँ पनि त्यहाँ पुगेका थिए । बेलुका पत्रकारहरुबीच ‘जाँड पार्टी’ चल्यो । प्रेमले पनि पिए । उनी पिएक्कड नै थिए । बेस्सरी पिए । विश्वकर्मा थरका एक पत्रकार थिए उनीसँगै । ती भाइ जस्ता मान्छे प्रेम बानियाँ भनेपछि नतमस्तक नै थिए । टेलिभिजनका चर्चित पत्रकार थिए प्रेम । अलि बढी नै पिएपछि प्रेमले आफ्नो घमण्ड देखाउन थाले । ती ‘भाइ पत्रकारमाथि उनले एक ‘किक’ हाँने । किक प्रहारबाट ती पत्रकार त्यहीँ ढले । तर, प्रेमको रिस मरेको थिएन । ‘त कामी होस्’ भन्दै उनले ती विश्वकर्माको टाउकोमा पिसाब फेरिदिएका थिए । उक्त घटनापछि ति पीडितले प्रहरीमा उजुरी समेत दिए तर, पोषण केसीकै सक्रियतामा उक्त घटना थामथुम पारिएको थियो ।
![]() |

0 comments:
Post a Comment