mgid

Loading...

adestra

यी हुन् औषधितर्फ नोबल पुरस्कार पाउने वैज्ञानिक, के पत्ता लगाएका थिए ?

एजेन्सी- सन् २०१६ मा औषधीतर्फको नोबल पुरस्कार जापानका वैज्ञानिक योसिनोरी ओसुमीलाई प्रदान गरिने भएको छ । काम नलाग्ने चिजलाई पुन प्रयोग गरेर कोष कसरी स्वस्थ हुन्छ भन्ने रहस्य ‘अटोफागी’ बारे नयाँ धारणा विकास गरे बापत सो पुरस्कार प्रदान गरिेने भएको हो । उनले सेलुलर ‘स्वंयम खाने’ पक्रिया (अटोफागी) लाई नियन्त्रण गर्ने जीन पहिचान गरेका थिए । डा. ओहसुमीको आविश्कारले क्यान्सरदेखि पार्किन्सनसम्मका रोगमा के गडबढी हुन्छ भन्ने विषयलाई व्याख्या गर्न सहयोग पुराएकोले बताइएको छ । सामान्यतया जीनमा हुने त्रुटीले रोग उत्पन्न गर्छ । गत वर्ष मलेरिया लगायत गर्मीमा हुने अन्य रोगको उपचारको आविश्कार गर्ने तीन वैज्ञानिकलाई संयुक्त रुपमा सो पुरस्कारले सम्मान गरिएको थियो । स्वंम खाने पक्रिया शरिरले आफ्नै कोषहरुको विनाश गर्नुलाई राम्रो नमान्न सकिन्छ । तर अटोफागी एउटा प्राकृतिक प्रतिरक्षा पक्रिया हो जसलाई बाँच्नको लागि हाम्रो शरिरले उपयोग गर्छ । अटोफागीले अप्राप्ती वा भोकमरीसँग जुध्न अनुमति दिन्छ र अन्य व्याक्टेरिया र भाईरससँग प्रतिरोध गर्छ । अटोफागीले पुरानो र अनावश्यक वस्तुलाई फालिदिन्छ ताकी नयाँ कोष बन्न सहज हुन्छ । अटोफागीको विफलताले डिमेन्सिया लगायत बुढेसकालसँग सम्बन्धित अन्य रोग लाग्छन् । वैज्ञानिकहरुले अटोफागीलाई लक्षित गरी क्यान्सर लगायतका औषधीको विकास प्रयत्नमा छन् । अटोफागीको अवधारण ५० वर्षदेखि नै आएको हो । तर त्यसको सफल प्रयोग भने डा. ओसुमीले गरेका हुन । नोबल पुरस्कारले सम्मानित भएको खवरले आफूलाई अनौठो लागेको ओसुमीले बताए । पुरस्कार पाउदा आफू निकै सम्मानित भएको उनले बताए । जापानको प्रसारण माध्यम एनएचकेसँग बोल्दै ओसुमीले भने, ‘मानव शरिरले अटो डिकम्पोजिसन पक्रियालाई सधै दोहोराइरेको छ । निर्माण र डिकम्पोजिसमा सधै सन्तुलन हुने गर्छ । यो नै जीवन हो । डा. ओसुमीेले गरेको अविकास्कारले नोबेल पुरस्कार पाएकोमा आफूलाई निकै खुसी लागेको अटोफागीका विज्ञ तथा युनिर्भसिटी अफ क्याम्ब्रिजका प्राध्यापक डेभिड रुबिनसेट्जिनले बताएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly