![]() |
काठमाडौं, १६ असोज । तराई मधेश सद्भावना पार्टी (तमसपा) नेपालले आतंकवादीहरुद्वारा भारतको एक सैनिक बेस क्याम्पमा हालै गरिएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको छ ।
पार्टी अध्यक्ष महेन्द्र राय यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत् तमपसा नेपालले त्यस आक्रमणमा मारिएका भारतीय सैनिक जवानहरुप्रति हार्दिक श्रद्धाञ्जली पनि प्रकट गरेको छ ।
जम्बु काश्मिर राज्यको उरी सहरस्थित सैनिक बेस क्याम्पमा आतंकवादीहरुले असोज २ गते आक्रमण गर्दा १७ जना भारतीय सैनिक मारिएका थिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटकको रुपमा रहेको उक्त पार्टीले भारतीय जनता र सरकारले आतंकवादविरुद्ध जारी राखेको अडान र संघर्षप्रति आफ्नो नैतिक समर्थन रहेको समेत जनाएको छ ।
एक प्रत्यक्ष र दुई समानुपातिक गरी व्यवस्थापिका संसदमा तमसपाका तीन सांसद् छन् ।
-
![]() |

0 comments:
Post a Comment