![]() |
काठमाडौं। स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा रहेको पत्र सार्वजनिक गरेकी सन्ध्या शाहीको बुधवार निधन भएको छ। बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार भएको जुम्लाका स्थानिय महेन्द्र हमालले जानकारी दिए। सन्ध्याको पत्र सार्वजनिक भएपछि यहि ११ गते मन्त्री थापा उनलाई भेट्न उनको डेरामा गएका थिए।
क्यान्सर रोगबाट पिडित उनले अस्पतालहरुमा विरामीलाई गरिने व्यवहार लगायतका अन्य पीडाका बिषयमा मन्त्रीलाई पत्र लेखि सार्वजनिक गरेकी थिइन। भेटमा थापा र शाहीबीच केहि संवाद पनि भएको थियो। मन्त्री भेट्न जाँदा अनेक पीडाका बीचमा पनि उनले मुस्कराएरै कुरा गरेकी थिइन। बाचुन्जेल पीडालाई पचाएर मुस्कराएकी सन्ध्याले पीडाका बीच पनि मुस्कुराएरै अन्तिम सास लिइन। उनको निधनमा सिंगो कर्णालीबासी दुखी रहेको स्थानियहरुले बताए। जुम्लाकी स्थानिय सन्ध्याको दाहसंस्कारमा जुम्ला र कर्णालीका कैयन सर्वसाधारण पुगेका थिए।
श्रोत: हाम्रा कुरा
![]() |

0 comments:
Post a Comment