काठमाडौं,१९ असोज । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी एक हप्ताभित्र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दावी गरेका छन । संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरागर्दै खनालले भने ‘ओली कामरेडको नेतृत्वमा एकहप्ता भित्र नयाँ सरकार बन्छ ।’नयाँ सरकार बनेपछि सवै क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने समेत उनले बताए । भारतले औपचारिक रुपमा नाकाबन्दी नगरेको भन्दै खनालले भारतीय अधिकारीहरुले नै सीमा क्षेत्रमा निरक्षण गरेर समस्याको समाधानमा सहयोग गर्नुपर्नेमा जोड दिए । सकेसम्म मित्रतापूर्वक ढंगले नै समस्याको समाधान खोज्न आफूहरु लागेको खनालले स्पष्ट पारे ।
About
butwaladvertisement
0 comments:
Post a Comment