![]() |
१८ असोज, काठमाडौं । आज असोज १८ गते । नेपालको लोकतान्त्रिक इतिहासमा असोज १८ नकारात्मक हिसाबले बिर्सन नसकिने दिन हो । कांग्रेस सभापति शेरवहादुर देउवाका लागि त असोज १८ र माघ १९ बिर्सन लायकै दिन हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए । नेपालको इतिहासमा राजाबाट अपदस्थ हुने वीपीपछि देउवा नै दोस्रो जननिर्वाचित प्रधानमन्त्री हुन् ।
वि.सं ०५८ जेठ १९ को अकल्पनीय राजदरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले आफैं शासन चलाउने महत्वाकांक्षा लुकाउन सकेका थिएनन् । यसबीचमा होलेरी काण्डमा राजासँगै खटपट भएर गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपरेपछि देउवा प्रधानमन्त्री बनेका थिए ।
![]() |

0 comments:
Post a Comment