mgid

Loading...

adestra

विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा परी १४ जनाको मृत्यु

एजेन्सी । सिरियाको हसकाह प्रान्तमा कुर्दिस समूदायलाई लक्ष्यगरी एक विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छसो विवाह समारोहमा पसेर आत्मघाती बम आक्रमणकारीले आफैलाई बम पड्काएको सिरियामा रहेको मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्सले जनाएको छ । घटनामा परी घाइते भएकाहरु मध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस घटनाको अहिलेसम्म कसैलेपनि जिम्मेबारी लिएको छैन । तर यसअघि यस्तै आक्रमण गर्दै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको यसमा हात रहेको प्रहरीले आशङ्कका गरेको छ ।

यस क्षेत्रमा कुर्दिस सुरक्षाबल र सिरियन सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly