mgid

Loading...

adestra

घरजम बसाल्दै रेखा, मंसिरकाे पहिलो साता विवाह



चर्चित नायिका रेखा थापाले यही मंसिरमै नयाँ घरजम गर्ने भएकीछिन् ।

नायिका थापाले भनिन्,‘यही मंसिरमै घरजम गर्दैछु, यसको सम्पूर्ण तयारी भैसकेको छ ।’ हुने वाला पति को हो त भन्ने जिज्ञासामा भने नायिका थापा मौन रहिन । उनले अघि थपिन्,‘नाम अहिले नभनौं, तर उहाँ चलचित्र क्षेत्र बाहिरको मान्छे हो, अरु त विहे पछि थाहा भैहाल्छ नि ।’

हुन त नायिका थापाले यसअघि पनि आफू विगतलाई सम्मान गर्दै अर्को बिहे गर्ने तयारीमा रहेको बताएकीथिईन । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले दोस्रो घरजम गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएकीथिईन,‘मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखामा वच्चा होस्, रमाईलो परिवार होस्, मिति नै तोक्न त सक्दिन तर अर्को बिहे चाहिं गर्छु ।’

त्यतिमात्रै होईन, उनले छविराज ओझासँग आफ्नो विहे नभएको समेत दाबी गरेकी थिईन । ओझाले नवनायिका शिल्पा पोखरेलसँग यही दशैंको टिकाको साईतमा विहे गर्ने खबर बाहिर आईरहेको वेलामा नायिका थापाले पनि आफूपनि विहेको अन्तिम तयारीमा जुटेको खुलासा गरेकी हुन् । उनका अनुसार विहे भने मंसिरको पहिलो हप्तामै हुनेछ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly