 |
माओवादी युवा नेता माधव सापाकोटाले आफूबारे पार्टीभित्रैबाट अफवाहपूर्ण समाचार फैलाइएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार पोष्ट गर्दै सापकोटाले आफूबारे भ्रामक र कपोलकल्पित समाचार आएको दाबी गर्दै भ्रममा नपर्न भनेका छन् । माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य सापकोटा रामबहादुर थापा ‘बादल’ नेतृत्वमा क्रान्तिकारी माओवादीबाट आएको समूहसँग एकताअघि माओवादी केन्द्रको सिन्धुपाल्चोक अध्यक्ष थिए । सापकोटा माओवादी नेता अग्नि सापकोटाका भतिजा हुन् । उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको सचिवालयमा छन् । मन्त्रीको स्वकीय सचिव अस्वीकार गरेपछि पाण्डेले सापकोटालाई मन्त्रिपरिषदबाट निर्णय गराएर राजनीतिक सल्लाहकार नियुक्त गर्न खोजेका छन् । त्यससम्बन्धी फाइल मन्त्रिपरिषदमा पुगेको र अर्थ मन्त्रालयले समेत स्वीकृत गरिसकेको मन्त्रीका स्वकीय सचिव जगनाथ खनालले बताए । सापकोटाले आफू पार्टीको सक्रिय कार्यकर्ता रहेको र पार्टीको निर्णयमै मन्त्री र राज्यमन्त्रीलाई सहयोग गर्दै आएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको उल्लेख गरेका छन् । ‘अरूको चरित्र हत्या गर्नमा आनन्द लिने आदत भएका र अर्काको उचाई काटेर कद अग्लो देखाउने गलत संस्कृतिको शिकार बनाउने दुस्प्रयासको रूपमा यस प्रकरणलाई मैले बुझेको छु । यस्तो भ्रामक र कपोकल्पित अफबाहको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, सापकोटाले भनेका छन् । एक अनलाइनले सापकोटाले गैरकानूनी रुपमा मन्त्रालयको कोठा प्रयोग गरेको तथा स्थानीय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतको सरुवामा चलखेल गरेको समाचार प्रकाशित गरेको थियो ।
 |
About
butwaladvertisement
0 comments:
Post a Comment