![]() |
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफूले उठाउँदै आएको संघियतासहितको धर्म निरपेक्षताको मुद्दा विदेशीलाई मन नपरेको बताएका छन्।
इलाममा आयोजित नयाँ संविधान एक वर्ष अवसर, चुनौती र भावी कार्यदिशा विषयक राष्ट्रिय सम्वाद कार्यक्रममा भट्टराईले बाह्यय शक्तिले आफूलाई राष्ट्रघातीका रुपमा चित्रण गर्ने प्रयास गरेको बताए। उनले विदेशीसँग सहकार्य गर्दै विदेशी प्रविधि भित्र्याइ आन्तरिक रोजगारी सिर्जना गर्ने बिप्पा सम्झौता गर्दा देश बेचियो भन्नेहरु अहिले प्रधानमन्त्री प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा समेत चुप लागेको बताए।’भारतसँग गरेको २५ बुँदेमध्ये ७ वटा राष्ट्रघाती हुँदा-हुदै पनि जनता किन मौन?’ भट्टराईले भने। उनले नेपालले भारत वा चिन परस्त नभइ दुबैसँग समानान्तर सम्बन्ध स्थापना गनुपर्ने बताए।
![]() |

0 comments:
Post a Comment