![]() |
सरकार गठन भएको दुई महिनाको बीचमा प्रचण्ड र ओलीबीच कुराकानी नै हुन छोडेको छ । ओली प्रधानमन्त्री हुँदा दिनको पाँच पटकसम्म भेटघाट गर्ने प्रचण्ड र ओलीबीच अहिले बोलचाल बन्द छ ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको तीन दलको दलको हरेक बैठक ओलीले बहिष्कार गर्दै आएपछि प्रचण्ड तनाबमा छन् । यतिसम्म कि प्रचण्डले फोन गरेर बैठकमा आउन आग्रह गर्दा पनि ओलील उपाध्यक्ष भीम रावललाई पठाउने गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमवार तीन दलको बैठक बस्ने भएकाले उपस्थिति हुन आग्रह गर्दै आइतावर टेलिफोन गरेका थिए । तर ओलीले पूर्व निर्धारित कार्यक्रम रहेकाले बैठकमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए । प्रधानमन्त्रीका सचिवालका अनुसार संविधान संशोधनका बारेमा प्रचण्ड र ओलीबीच कुराकानी भएको थियो ।
प्रचण्डले संविधान संशोधनको बारेमा छलफल गनुपर्ने आवश्यता रहेको भन्दै छलफल आवश्यक रहेको बताएका थिए । तर जवाफ ओलीले सीमाकंनमा अहिले एक इन्च पनि दायाँबायाँ गर्न नमिल्ने पुरानै अडान दोहोर्याएको प्रचण्डको सचिवालयले बतायो ।
वालुवाटार नजाने ओलीको अडान
प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओलीले वालुवाटार नजाने अडान राख्दै आएका छन् । संविधान कार्यान्वय, स्थानीय निकायको निर्वाचन, संविधान संशोधन लगायतको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको हरेक बैठक ओलीले बहिष्कार गर्दै आएका छन् ।
ओली राजधानीमै भएर पनि विभिन्न बहानाबाजी बनाउदै वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष भीम रावललाई पठाउने गरेका छन् । तीन दलको हरेक बैठकमा ओलीको खोजी हुने गरेपछि एमालेका नेताहरु अध्यक्षलाई सन्चो नभएको कारण आउन नसकेको जवाफ दिने गरेका छन् ।
तर ओली भने दिनभर प्रचण्डलाई गाली गर्ने कार्यक्रममा देखिन्छन, प्रचण्डको सचिवालयका एक सदस्यले भने । प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलिय बैठक होस वा तीन दलको बैठक कुनै बैठकमा पनि ओली सहभागी हुने गरेका छैनन् ।
एमालेका एक नेताका अनुसार अध्यक्षले प्रचण्ड प्रधानमन्त्री रहेसम्म वालुवाटार नजाने अडान लिएका छन् । ती नेताले भने,‘सकेसम्म वालुवाटार नजाने भन्ने अध्यक्षका स्पष्ट अडान छ, सम्भवत वालुवाटार जानुहन्न ।’-
![]() |

0 comments:
Post a Comment