![]() |
सिमला शहरको ऐतिहासिक महत्व भने बेग्लै छ भारत र पाकिस्तान दुवैका लागि । सन् १९४५ सम्म आइपुग्दा दोस्रो विश्वयुद्धमा विजयोन्मुख बेलनयत भारत छाड्ने मनस्थितिमा पुगिसकेको थियो । सोही वर्षको जुन महिनामा भारतका तत्कालीन भाइस रोय वेभलले सिमलामा भारतका दुई ठूला दल कांग्रेस र मुस्लिम लिगलाफ वार्ताका लागि सिमलामा बोलाए ।
वेभलको प्रस्तावमा भारतमा एउटा १० सदस्यीय अन्तरिम सकार बनाउने र त्यसमा ४ जना मुस्लिम लिगबाट, ५ जना कांग्रेसबाट र एकजना लिगभन्दा बाहिरका मुसलमानलाई सदस्य बनाइने योजना थियो । मुस्लिम लिगले मात्र तत्कालीन भारतको मुसलमान समुदायको प्रतिनिधित्व नगर्नेमा कांग्रेस र बेलायत दुवै सहमत थिए ।
तर, मोहमम्द अलि जिन्हा र उनको मुस्लिम लिगलाई यो प्रस्ताव स्वीकार्य थिएन । सिमला बैठक असहमतिका माझ नै सकियो ।
भारतमा सयौँ वर्षसम्म सँगै मिलेर बसेका मुसलमान र हिन्दूहरूवीचको सम्बन्धमा चिरा पर्न थालिसकेको थियो । धर्म नै राष्ट्रियताको बलियो आधार हो भन्ने कुरामा भारतीय मुसलमान समुदाय लगभग एकमत जस्तै भइसकेको थियो ।
मुसलमानहरूलाई के डर थियो भने हिन्दू बाहुल्य भारतमा उनीहरू सधैँ अल्पमतमा मात्रै पर्ने छैनन्, उनीहरुबाट चिरकालसम्म शासितसमेत भइरहने छन् । भारतमा धर्मलाई लिएरै ठुलै झगडा हुने देखिसकेको बेलायत सकेसम्म चाँडै फिर्ता जान चाहन्थ्यो ।
यसैवीच बेलायतले भारतको केन्द्र र राज्यमा विधायकको चुनाव गर्ने घोषणा गर्यो । चुनाव विधायकीका लागि हुने भनिए पनि यसलाई मुस्लिम लिगको शक्तिको परीक्षणका रूपमा लिइएको थियो ।
चुनावमा मुसलमान बाहुल्य क्षेत्रहरूमा मुस्लिम लिगले भारी अन्तरले विजय हासिल गर्यो । मत परिणाम मार्फत् जिन्हाको दल आफूनै भारतीय मुसलमानहरूको प्रतिनिधि भएको दावी सशक्त रूपले गर्न सक्ने भयो ।
चुनावपछि बेलायतले फेरि नयाँ प्रस्ताव ल्यायो । नयाँ प्रस्ताव मुस्लिम लिगलाई शान्त पार्ने उद्देश्यले ल्याइएको थियो । प्रस्तावमा भारतको व्यापक विकेन्द्रिकरण गर्ने र केन्द्र सरकारको भूमिकामा व्यापक कटौती गर्ने बुँदा थिए ।
समाजवादी विचारधाराका कांग्रेस नेता नेहरूको बुझाइ थियो । केन्द्र सरकार बलियो हुनुपर्छ र यसैले भारतको जनताको हितमा काम गर्न सक्छ । यो प्रस्ताव उनले मान्ने त कुरै आउँदैनथ्यो ।
मुस्लिम लिग र कांग्रेसको विवाद मिलाउने बेलायतले तेस्रो प्रस्ताब ल्यायो- भारतको विभाजन गर्ने । भारतीय कांग्रेस देशको विभाजन गर्न चाहँदैन थियो । उसले प्रस्तावको विरोध गर्यो । कांग्रेसको विरोधको सामना गर्दै जिन्हाले भारतका मुसलमानहरुलाई पाकिस्तानको माग गर्दै सडकमा आउन आव्हान गरे । भारतका विभिन्न सहरहरूमा हिन्दू-मुसलमान दङ्गा भडि्कयो । तीन दिनको अन्तरालमा बङ्गालमा मात्रै पाँच हजार मारिए ।
अन्ततः भारत विभाजित भयो र पाकिस्तानको जन्म भयो ।
भारत र पाकिस्तानवीच तिक्तता निकै बढेका कारण बेलायत आफैले सीमाङ्कनको जिम्मा लियो । बेलायतका भूगोलविद याड्क्लीफले भारत र पाकिस्तानको सीमाना कोरे ।
काश्मिर पाकिस्तानको कि भारतको ?
र्याडक्लिफले कोरेका नक्सामा भारत प्रशासित क्षेत्र मात्रै समावेश गरिएको थियो । बेलायतको सुरक्षामा रहेका साना राज्यहरू (जहाँ रजौटाहरू राज्य गर्थे) पाकिस्तानतर्फ जाने कि भारत भनेर तय भइसकेको थिएन ।
पाकिस्तानको जन्म भइसकेपछि भारत र पाकिस्तानको सीमानामा पर्ने काश्मिर क्षेत्र कसको भन्ने विवाद शुरू भयो ।
मुसलमान बाहुल्य काश्मिरका राजा हरि सिंह हिन्दू थिए । पाकिस्तानबाट आक्रमण हुन थालेपछि उनी भारतको शरणमा गए र भारतमा आफ्नो राज्यलाई विलय गराउन सहमत भए ।
तर, कश्मिरका जनता भारतमा रहन चाहँदैनथे । उनीहरूका नेता शेख अब्दुल्लाह काश्मिर पाकिस्तानमा हुनुपर्छ भन्ने मान्यताका थिए । अब्दुल्लाहले पछि भारतमा नै काश्मिरको भविश्य छ भने पनि काश्मिरका जनता अझैसम्म विभाजित छन् । हरि सिंहको राज्य पनि खण्डित छ । केही भाग पाकिस्तानको अधीनमा छ भने बाँकी भारतले आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको छ । भारतले पाकिस्तान प्रशासित क्षेत्रलाई पाकिस्तानले गैरकानूनी रूपमा कब्जा गरेको क्षेत्र भन्छ भने पाकिस्तानले हामीले होइन, भारतले काश्मिर कब्जा गरेको हो भन्ने गर्दछ ।
भारतले काश्मिरमा सेना परिचालन गरेको छ र उसले सीमा पारिबाट लडाकुहरू पठाई भारतीय भूमिमा आक्रमण गराउँछ भन्दै आएको छ । पाकिस्तानले भने ती लडाकुहरू स्वतन्त्रता सेनानी रहेको र आफूले उनीहरुलाई नैतिक समर्थन मात्रै गरेको बताउँदै आएको छ ।
काश्मिर विषयलाई नै लिएर भारत र पाकिस्तानवीच ४ पटक सम्म यद्ध भइसकेको छ । साउथ एसिया टेररिज्म पोर्टलका अनुसार १९८८ देखि २०१६ को सेप्टेम्बर महिनासम्म भारत प्रशासित काश्मिरमा मात्रै ४४ हजार ७९ जनाले ज्यान गुमाइसकेका छन् । साभार अनलाइन खबर बाट
![]() |

0 comments:
Post a Comment