mgid

Loading...

adestra

अपराधीलाई उन्मुक्ति दिने प्रचण्ड र विमलेन्द्र निधिलाई जेल हाल्नुपर्छ: पहारी



काठमाडौं, १९ असोज । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अपराधीलाई उन्मुक्ति दिने जोसुकैलाई पनि जेल हाल्नुपर्ने बताउनुभएको छ ।

नेपाल कानूनको सर्वाेच्चता भएको मुलुक भन्दै उहाँले नेपाल प्रहरीका मोस्ट वान्टेड व्यक्तिलाई भेट्ने प्रधानमन्त्री प्रचण्ड र भेटघाटको वातावरण मिलाउने गृहमन्त्री विमलेन्द्र निधिलाई पनि छानविन गरी कानूनी कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।

युवा संघ नेपालद्धारा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो– ‘कैलालीको टीकापुर घटनाका मूख्य योजनाकार रेशम चौधरीलाई प्रहरीले खोजिरहेको छ । एउटा ‘अपराधी’लाई प्रधानमन्त्रीले बाह्य देशमा गएर भेट्ने र गृहमन्त्री निधिले देशभरी मधेस आन्दोलनका नाममा प्रहरीका वरिष्ठ अधिकारीसहित सर्वसाधारण जनतालाई मार्न खोज्नेलाई उन्मुक्ति दिएर अराजकता मच्चाउन चाँहेका छन् । विधि कानूनको शासनविरुद्ध क्रियाकलाप गरिरहेका छन् । यसो भएकाले कानूनको विरुद्ध जान खोज्ने प्रचण्ड र विमलेन्द्र निधिमाथि प्रहरीले छानविन गर्नुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो- ‘देशमा कानूनी सर्वाेच्चता कायम राख्न प्रहरीले अपराधीहरुलाई उन्मुक्ति दिन खोज्ने प्रचण्ड र विमलेन्द्र निधिलाई समातेर जेल हाल्नुपर्छ ।’

अध्यक्ष पहारीले लडाकु शिविरका नाममा प्रधानमन्त्री प्रचण्डले साढे चार अरब भ्रष्टाचार गरेको भन्दै अख्तियारको छानविनको घेरामा परिसकेको व्यक्तिलाई पदबाट बर्खास्त गरी कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको प्रसंग पनि उठाउनुभयो । ‘अहिलेका प्रधानमन्त्रीले भारत गएर राष्ट्रघाति सम्झौता गरेका छन् । दिल्लीमा असंलग्न परराष्ट्र नीति विपरित गतिविधि र क्रियाकलाप गरेका छन् । नेपालको सम्प्रभुता भारतलाई सुम्पिने प्रयत्न गरेका छन्,’ उहाँले भन्नुभयो- ‘त्यसकारण उनलाई सत्तामा बस्ने कुनै अधिकार छैन् । बर्खास्त गरी तुरुन्त हिरासतमा लिनुपर्छ ।’
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly