mgid

Loading...

adestra

सिरियाको सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक फेरि हवाई हमला



सिरियाको अलेप्पोमा सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक हवाई हमला भएको खबर प्राप्त भएको छ।सिरियाको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा भएको हवाई हमलाले एक हप्तामा दोस्रोपटक उक्त क्षेत्रको सबैभन्दा ठूलो अस्पताललाई निशाना बनाएको एउटा स्वास्थ्य सहायता संस्थाले बताएको छ।



अस्पताललाई सहयोग गर्ने सिरियन अमेरिकन मेडिकल सोसवाईटीले अस्पतालमाथि ब्यारल बम प्रहार गरिएको बताएको छ।

अस्पतालमाथि यसै हप्ता बुधबार त्यस्तै किसिमको आक्रमण भएको थियो। बुधबार एम १० अस्पतालमाथि हमला भएपछि त्यहाँ सेवा दिन बन्द गरिएको बताइएको थियो।



तर हमला हुँदा भवनभित्रै रहेका केही बिरामी र कर्मचारीहरु त्यहीं भित्र फसेको अस्पतालका एकजना कर्मचारीले बताएका छन्। शनिबार अस्पतालका प्रशासकले भवनभित्रबाट तुरुन्तै सहयोगका लागि अपील गरेको एएफपी समाचार संस्थाले बताएको छ।



फ्रान्सका स्वास्थ्यमन्त्री जँ मार्क एयरोले स्वास्थ्य संरचना र कर्मचारीमाथि आक्रमण गर्नु युद्ध अपराधसरह भएको भन्दै उक्त आक्रमणको निन्दा गरेका छन्। सन् २०११ को मार्च महिनामा सिरियामा द्वन्द्व शुरु भएदेखि कम्तीमा २ लाख ५० हजारको मृत्यु भएको छ।



ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सले मृत्यु हुने मानिसको संख्या ४ लाख ३० हजार सम्म हुनसक्ने अनुमान गरेको छ।

४८ लाख मानिस देश छोडेर भागेका छन् भने करीब ६५ लाख देशभित्रै विस्थापित भएको संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ।

-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly