mgid

Loading...

adestra

जसले सुन्दरताको परिभाषालाई नै बदलिदिइन्

मानिसहरु कालो वर्ण भनेपछि प्राय पहिला नै नाक खुम्च्याउने गर्छन्। तर कालो वर्णकै कारण सेनेगली फेसन मोडल खाउदिया डिओपले सुन्दरताको परिभाषालाई हेर्ने दृष्टिकोण नै बदलिदिएका छन्। मोडल खाउदियाले इन्स्टाग्रामको ह्यान्डल मेलानिन डट गडेसमा रंग अभियानमा भाग लिएका तस्बिरहरु पोष्ट गरेपछि उनी एकाएक विश्‍वभर चर्चित भएकी छिन्।उनले पोस्ट गरेको तस्बिरमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन्। मानिसहरु उनको अपत्यारिलो प्राकृतिक सुन्दरता र अचम्मको छालाको रङमा फ्‍यान भउका छन् भने सुन्दरताको मुक्त कण्ठले प्रशंसा गरेका छन्। तर यसअघि खाउदियाले छालाको रङै कारण चरम यातना र अत्याचार सहेर बस्नु परेको बताएकी छिन्।‘डार्की’, ‘डटर अफ नाइट’, ‘मदर अफ स्टार्स’ जस्ता उपनाममाथि फेसबुकमा प्रश्न सोध्दा उनले जवाफ दिँदै भनेका छन्, ‘मलाई जिस्काउने मानिसहरुले यी उपनामसहित मलाई जिस्काउँथे यो सोचेर कि यो उपनामले मलाई नराम्रो लाग्ला तर अन्दाज गर्नुहोस्, मलाई ती सबै नाम मन पर्छन्।मलाई यस्ता कुराले छुनै सक्दैन भनेर देखाउनका लागि पनि मैले यी उपनामको प्रयोग गर्दै आएकी छु।’
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly