![]() |
मुम्बई । अभिनेता सलमान खान कहिले विवाह गर्लान् ?’ यो प्रश्न बलिउडमा सुनिन थालेको लामै समय भइसकेको छ । सलमानको धेरैजनासँग ‘अफेयर’ चल्यो, तर कसैसँग पनि विवाह हुन सकेन ।
कतिसम्म भने कार्ड छापिएको विवाह पनि बीचैमा रोकियो । तर, अब त कतिसम्म भयो भने सलमान कुनै नयाँ युवतीसँग देखिए भने सीधै प्रश्न गरिन्छ– के तिनै युवतीसँग विवाह गर्दै छन् सलमान ?
तर, खासमा किन विवाह गरेका छैनन् त सलमानले ? यसबारे पनि अनेक अड्कलबाजी गरिएको छ । तर, यसबारे केही दिनअघि मात्र सलमान आफैले जवाफ दिएका छन् ।
एक ‘ज्वेलरी स्टोर’को उद्घाटनमा पुगेका सलमानले भने, ‘विश्वमा सबैभन्दा रोमान्टिक मान्छे मै हुँ । तर, मलाई औँठीसँग डर लाग्छ । त्यही भएर पनि मैले विवाह गरेको छैन । विवाहसँग पनि डर लाग्छ ।’ (नयाँ पत्रिकाबाट)
![]() |

0 comments:
Post a Comment