mgid

Loading...

adestra

‘म सरकारमा जाँदा त्यति धेरै समर्थन पाएको होइन । जब सरकारमा गएर फर्किने बेला भयो, तब चाहिँ बढी समर्थन पाएँ । यस अर्थमा म भाग्यमानी हुँ, भाग्यमानीले मात्रै यस्तो मौका पाउँछन् ।’



१५ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाभारतकालीन पात्र युधिष्ठिरसँग तुलना गरेका छन् । शनिवार राजधानीमा आयोजित एपी वान टेलिभिजनको ट्रान्मिसन टेस्ट, अन्नपूर्ण टुडे साप्ताहिकको विमोचन र अन्नपूर्णपोस्ट डट कमको अग्रेजी संस्करण विमोचन गर्दै ओलीले भने, ‘म उकालो चढिरहेको युधिष्ठिर जस्तै हुँ ।’

प्रसंग थियो, उनको नेतृत्वको सरकार ढल्दाको । ओलीले भने, ‘म सरकारमा जाँदा त्यति धेरै समर्थन पाएको होइन । जब सरकारमा गएर फर्किने बेला भयो, तब चाहिँ बढी समर्थन पाएँ । यस अर्थमा म भाग्यमानी हुँ, भाग्यमानीले मात्रै यस्तो मौका पाउँछन् ।’

सरकारमा सामेल भएका दलहरुले नै साथ छोड्दै गएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘म उकालो चढिरहेको युधिष्ठिर हुँ । जति उकालो चढ्दै गएँ, त्यति साथ छाड्दै गए । तर, जनताले साथ दिए ।’

२४ घन्टामा दुई वक्तव्य किन ?

पूर्वप्रधानमन्त्री ओलीले नेपाल सरकारले सार्क सम्मेलनका बारेमा २४ घन्टाभित्र दुईवटा वक्तव्य निकालेकोमा आश्चर्य प्रकट गरे । उनले भने, ‘अघिल्लो वक्तव्य ठीकै थियो । तर, आफ्नै कुरालाई खण्डन गर्ने गरी भोलिपल्टै अर्को वक्तव्य निकालियो, आयोजक राष्ट्रले नै वातावरण बनाउनुपर्छ भनेर ।’ ओलीले प्रश्न गरे, ‘त्यस्तो आवश्यकता किन पर्यो ?’

प्रचण्डलाई नक्कली ड्राइभरसँग तुलना

कार्यक्रममा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको नाम नलिएरै उनलाई नक्कली ड्राइभरसँग तुलना गरे । उनले भने, ‘सोर्सफोर्स लगाएर र झुक्याएर नक्कली ड्राइभरले पनि लाइसेन्स लिन्छ । तर, ड्राइभिंग सिटमा बस्दैमा त्यो मान्छे ड्राइभर हुँदैन । अहिले देशमा त्यस्तै भइरहेको छ ।’
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly